१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

आईपीएल विजेताको पुरस्कार कति ? जानि राख्नुस



एजेन्सी ।
भारतमा जारी १२ औं संस्करणको आईपीएल क्रिकेटको फाइनल खेल आज राति हुँदै छन् । हैदराबादको राजीव गान्धी स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स आमने सामने हुँदै छन् । आजको खेलमा विजयी हुने टिमले उपाधि जित्दा पराजित हुने टिम उप-विजेता बन्ने छ ।
उपाधि जित्ने टिमले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाउने छ । उप-विजेताको पोल्टामा साढे १२ करोड भारतीय रुपैयाँ पर्ने छ । गत सिजनमा हैदराबादलाई पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो । यसैगरी बिजेता र उप-विजेता पछि सबैभन्दा बढी रकम क्रिकेट स्टेडियमले पाउँछन् । जुन स्टेडियममा सात भन्दा धेरै खेल आयोजना भए त्यसलाई ५० लाख भारतीय र सात भन्दा कम खेल गराउने स्टेडियमले २५ लाख पाउने छन् ।

वरेन्ज क्याप वार्नरलाई

आईपीएल भनेकै रन र विकेटको समिश्रण हो । यसमा सर्वाधिक रन बनाउने खेलाडीलाई वरेन्ज क्याप दिने गरिन्छ । वरेन्ज क्यापको एक्लो दावेदारको रुपमा डेभिड वार्नर रहेका छन् । सनराईजर्स हैदराबादबाट खेल्ने वार्नरले यस अघि दुई पटक वरेन्ज क्याप हात पारेका थिए । वरेन्ज क्यापमा वार्नरले ह्याट्रिक गर्ने तयारीमा छन् ।
उनले जारी प्रतियोगितामा १२ खेलबाट ६९२ रन बनाएका छन् । उनको टिम प्ले अफबाट बाहिरिएको थियो । दोस्रो स्थानमा पञ्जाबका लोकेश राहुल रहेका छन् । उनले ५९३ रन बनाए पनि उनको टिमले प्ले अफको यत्रा तय गर्न असफल भएको थियो । फाइनल खेल्न लागेका चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले १४ खेलबाट ४१४ रन बनाएकाले उनले वार्नरको आंकडा छुन सक्ने छैनन् । वार्नर भन्दा अहिले पनि धोनी २७८ रनले पछाडि छन् । वरेन्ज क्याप पाउने वार्नरले १० लाख रुपैयाँ पुरस्कार पनि पाउने छन् ।

पर्पल क्यापमा रबाडा र ताहिर भिडन्त

सर्वाधिक विकेट लिने बलरलाई आईपीएलमा पर्पल क्याप दिइन्छ । यसमा दिल्ली क्यापिटल्सका कागिसो रबाडा र चेन्नईका इमरान ताहिरका बीचमा भिडन्त छ ।
रबाडाको टिमले फाइनल नखेल्ने भएकाले यसमा सम्भावना बढी ताहिरको छ । रबाडाले २५ विकेट लिएका छन् भने २४ विकेट लिएका ताहिरले पछ्याइरहेका छन् ।
इकोनोमी रेटमा ताहिर अगाडी रहेकाले आजको फाइनल खेलमा कम्तिमा एक विकेट ताहिरले हात पारे पर्पल क्याप उनको हुने छ । पर्पल क्याप पाउने खेलाडीले १० लाख नगद पुरस्कार पनि पाउने छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६ आइतबार ००:००  ३ : २२ बजे