ललितपुर ।
कर्तव्य ज्यान मुद्दामा फरार एक व्यक्ति ९ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका २ का दीर्घबहादुर गोलेको धारिलो हतियार प्रयोग गरेर हत्या गरे पछि भागेका इन्द्रबहादुर मोक्तान ललितपुर महानगरपालिका २ सानेपाबाट पक्राउ परेका हुन् ।
अभियुक्त मोक्तानलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । २०६७ सालमा गोलेको हत्या गरेर ३८ वर्षीय मोक्तान फरार भएका थिए । मोक्तानलाई अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको प्रहरीले जानकारी दिएको छ ।
२९ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया