१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

इस्लामिक स्टेट (आईएस)ले भारतमा नयाँ शाखा खोल्यो !



एजेन्सी ।
आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतको जम्मू–कश्मीरमा आफ्नो नयाँ शाखा विस्तार गरेको दाबी गरेको छ । गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडप पछि आईएसले यस्तो घोषणा गरेको हो ।
‘आईएसले नयाँ शाखाको नाम विलायाह अफ हिन्द (भारतीय प्रान्त) राखेको छ,’ खतरनाक आतंकवादी समूहको समाचार संस्था ‘अमाक’ लाई उद्धृत गर्दै समाचार संस्था पीटीआईले बताएको छ । जम्मू–कश्मिरका एक वरिष्ठ पुलिस अधिकारीले भने आईएसको दाबीको खण्डन गरेका छन् ।
इस्लामिक चरमपन्थी समूहमाथि नजर राख्ने एसआईटीई इन्टेल ग्रुपकी निर्देशक रीता काट्जले भने, ‘आईएसआईएसले अमशिपुरामा भारतीय बलसँग झडपको दाबी गर्दै आफ्नो नयाँ हिन्द प्रान्त घोषणा गरेको छ ।’
गएको १० मे मा आतंकवादी र सुरक्षा बलबीच भएको झडपमा एक जना आतंकवादीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६ आइतबार ००:००  १ : ३४ बजे