रुपन्देही ।
बुटवलका बासिन्दाको अवरोधले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणमा ढिलाइ भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तीव्र गतिको रेल सञ्चालन गर्ने लक्ष्यका साथ सुरू गरिएको रेलमार्ग निर्माणमा सबभन्दा बढी अवरोध बुटवलमा भइरहेको छ ।
रेलमार्गका लागि परियोजनाको विस्तृत अध्ययन रिपोर्ट (डिपिआर) तयार भइ अन्य क्षेत्रमा धमाधम काम भइरहेको अवस्थामा बुटवलमा आइपुग्दा भने रेलमार्गको सर्वेदेखि नै विवाद र अवरोध भइरहेको छ ।
बुटवलको कालिकानगरदेखि पश्चिमतर्फ जाने उक्त रेलमार्ग आफ्नो जग्गामा परेको भन्दै स्थानीयले पटक पटक विरोधका कार्यक्रम गर्दै आएपछि रेल विभाग समेत अन्यौलमा परेको छ ।
रेलमार्गको अध्ययन सुरू भएदेखि नै घरजग्गा मासिने भन्दै विरोध सुरू गरेको स्थानीयले बजार क्षेत्रमा फ्लाइओभर (आकाशे पुल) बनाउने गरी डिजाइन परिवर्तन गरे पनि विरोध गर्न छोडेका छैनन ।
जमिनमार्फत् रेलवे लिग लैजाँदा धेरै व्यक्तिहरूको घरजग्गा पर्ने भएपछि आकाशे पुलमार्फत् रेल लैजाने गरी विभागले डिपीआर तयार गरेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले बुटवल बजारदेखि पश्चिमतर्फ तिनाउ पारीसम्मको तीन किलोमिटर आकाशे पुलमार्फत् रेलमार्ग लैजाने गरी अन्तिम रिपोर्ट तयार भइरहेको बताउनुभयो ।
बुटवलको बजार क्षेत्रमा रेलवे लिग पर्ने भएपछि कालिकानगर पूर्वदेखि देवीनगर पश्चिम तिनाउ खोला पारिसम्म तीन किलोमिटर आकाशे पुल बनाएर रेल पार गराउने गरी रेल विभागले डिपीआर तयार गरिरहेको छ ।
रेलका लागि कालिकानगरको पूर्वतर्फ जंगलमा स्टेशन बनाइन छ। स्टेशनबाट कालिकानगर हुँदै तिनाउ पारीसम्म आकाशे पुल बन्नेछ ।
बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर नेपालगञ्ज–सुक्खड, सुक्खड–गड्डाचौकी खण्डहरुमा चिनियाँ र कोरियन कम्पनीहरूले सर्वे गरिरहेका छन् ।
२९ बैशाख २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया