१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कपिलवस्तु सहित तराईमा ‘लु’ चल्यो, जनजीवन प्रभावित



मायादेवी अनलाइन, वाणगंगा ।
नेपालको पश्चिम तराईमा ‘लु’ चल्दा जनजीवन प्रभावित भएको छ । सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ ।
‘लु’का कारण कपिलवस्तुको पनि जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार त्यहाँको अधिकतम तापक्रम ४२÷४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको न्यूनतम ४३ र अधिकतम ३७ तापक्रम डिग्री सेल्सियस आसपास रहेको छ ।
चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६ आइतबार ००:००  ९ : ४३ बजे