मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. ५ कमिटीले प्रदेशका सबै जिल्लामा भेला गर्ने भएको छ । शनिबार बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेशका १२ ओटै जिल्लामा जेठ १८ गते सम्म जिल्ला भेलागर्ने निर्णय गरेको हो ।
यस्तै आजको बैठकले जिल्ला कमिटी घोषणा गरेको प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिनुभयो । पार्टी गठन भएको एक बर्ष पछि नेकपाले कमिटी निर्माणमा पूर्णता पाएको छ ।
प्रदेश अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको बैठकले अब जिल्ला जिल्लामा पाटी सदस्यता नविकरणलाई तीव्रता पार्ने, स्थानीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको अधिकारीले बताउनुभयो । बैठकले १२ ओटै जिल्लाका अध्यक्षहरुले पार्टीको रिर्पोटिङ गरेका थिए ।
यसैबीच प्रदेश बैठकले कपिलवस्तुमा जेठ तीन गते भेला गर्ने निर्णय गरेको छ । जिल्लाको वाणगंगा नगरपालिकामा जिल्ला भेला आयोजना हुने जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । बैठकमा प्रदेश नं. ५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।
२९ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया