मायादेवी अनलाइन, कपिलवस्तु ।
आज विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी नेपाल यो दिवस मनाउने गरिएको छ । अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको छ ।आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । ‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनमा भएको थियो ।।
२९ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया