१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

लागु पदार्थ दुव्र्यसनी विरुद्ध युवाहरुलाई सचेतना



हरि घिमिरे, बोडगाउँ ।
कपिलवस्तुको बाणगंगा -८ वोडगाउँमा लागु पदार्थ दुव्र्यसनी विरुद्ध युवाहरुका लागि उत्प्रेरणा तथा तनाव व्यवथापन कार्यक्रम सम्पन्न भएको छ । बोडगाउँमा अवस्थित नेपाल किसान ट्याक्टर समितीको हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
वाणगंगा नगरपालिका वडा नं. ८ को आयोजना तथा वडा स्तरिय युवा संजालको सह–आयोजनामा भएको कार्यक्रममा लागु पर्दाथ दुव्र्यसनी सम्बन्धि सचेतना गराउनुका साथै युवाहरुका लागि लागु पर्दाथ र्दुव्यसनीमा नलाग्न ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा नारकुन नेपाल प्रदेश ५ का संयोजक वसन्त पुनले लागु पर्दार्थ दुव्र्यसनीको बारेमा दुई घण्टा प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा दुई सय भन्दा बढि युवायुवतीहरुको उपस्थीति रहेको थियो ।
वडा अध्यक्ष गुणानिधि भुुसालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य पुर्णकला सुनार, वडा सदस्य नाथु प्रसाद थारु, र्हटविट एफएमका संचालक केशब सापकोटा, जेसिस वर्ष २०१९ का उपाध्यक्ष बावुराम अर्याल, बाणगंगा बहुमुखि क्याम्पस प्रमुख डिबि रेश्मी, स्ववियु सभापति माधव पौडेल लगायतको उपस्थिती रहेको थियो ।
युवा संजाल वोडगाउँका अध्यक्ष दयाराम पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा नं. ८ का वडा सचिव तेज प्रसाद अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  ७ : ४९ बजे