मायादेवी अनलाइन, वाणगंगा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुले सदस्यता बिस्तार तथा नविकरणमा तिब्रता ल्याएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रको निर्णय अनुसार २०७६ साल बैशाख मसान्त सम्ममा सदस्यता बिस्तार र नविकरण गरिसक्नुपर्नेछ सो को लागी प्रतिष्ठान कपिलवस्तुले ५०० जनालाई सदस्यता बितरण तथा नविकरण गरिसकेको प्रतिष्ठानका जिल्ला अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभएको छ । कलाकारहरुको छाता संस्थाको रुपमा रहेको प्रतिष्ठान कपिलवस्तुको पाँचौ जिल्ला अधिवेशन आगामी असार मसान्त भित्र हुने भएकाले सो को लागी मौजुदा बर्तमान कार्य समितिले गरेका कामको समिक्षा र आगामी कार्ययोजना सम्बन्धमा बैठकमा छलफल भएको छ । हिजो सिद्धार्थ सामाजिक विकास केन्द्रमा बसेको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठान जिल्ला अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता, प्रतिष्ठान प्रदेश सदस्य पुर्णचन्द्र परियारको प्रमुख आथित्यतामा सम्पन्न बैठकको संचालन सह सचिव भक्ति पौडेलले गर्नुभएको थियो ।
२८ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया