थानेश्वर अधिकारी, वाणगंगा ।
लक्ष्मणघाट सामाजिक विकास केन्द्रको पहलमा बाणगंगा नगरपालिका वार्ड नं ६ लक्ष्मणघाट बोलबमधाममा सार्वजनिक शौचालय निर्माण भएको छ ।
कपिलवस्तु जिल्लाको धार्मिक तथा ऐतिहासिक तिर्थस्थल लक्ष्मणघाटमा दिनहुँ उल्लेख्य मात्रामा पर्यटकहरु आउने गर्छन् र हरेक बर्ष साउन शुक्ल पुर्णिमामा एक महिनासम्म मेला लाग्ने गर्दछ सो मेलामा कपिलवस्तु लगायत बाहिरी जिल्लाहरुबाट समेत हजारौं भक्तजनहरु मेला भर्न आउने गर्दछन् तर त्यहाँ सार्वजनिक शौचालय नहुँदा धेरै सास्ती खेप्न परेको थियो यसै कारण बाणगंगा नगरपालिका वार्ड नं ६ मा रहेका युवाहरुको सक्रियतामा रन बहादुर काउचाको अध्यक्षतामा लक्ष्मणघाट सामाजिक विकास केन्द्र नामक संस्था स्थापना गरी सबैको पहल र सहभागितामा बिभिन्न सामाजिक कार्यहरु गर्दे आइरहेको छ । सो संस्थाको उपाध्यक्षमा ओमप्रकास पौडेल सचिवमा थानेश्वर अधिकारी , सह सचिवमा सरिता थारु, कोषाध्यक्षमा सन्दिप न्यौपाने र सदस्यहरुमा बिरेन्द्र रेग्मी, अन्जित खनाल, भोजराज बजाडे, सपना गन्धर्व, कोपिला पोख्र्रेल र सिता थारु लगायत रहनुभएको छ । शौचालय निर्माण समितिको संयोजक शालिकराम पन्थी र सदस्यहरुमा सन्दिप न्यौपाने, दिनेश चौधरी, सपना गन्धर्व र भोजराज बञ्जाडे रहनुभएको छ । शौचालय निर्माणका लागी लक्ष्मणघाट बोलबमधाम विकास समिति, लक्ष्मणघाट सामुदायिक बन, खैरेनीचौर सामुदायिक बन, यम बहादुर प्युठानी, चमारी थारु, कल्याण टण्डन, बाणगंगा फुडल्याण्ड लगायतले सहयोग गरेका छन् । सो स्थानमा बागेश्वरी सामुदायिक बनले करिव एक लाखको लागतमा खानेपानीको बोरिङ जडान गरेको छ ।
संस्थाले स्थापना भएको १० महिना भित्र यसले सरसफाई अभियान, बोलबम मेला, कार्तिके पुर्णिमा मेला लगायत लक्ष्मणघाटमा सार्वजनिक शौचालय निर्माण गरेको छ । आगामी दिनमा पनि बिभिन्न संघ संस्था र निकायसँग समन्वय गरेर सामाजिक उत्तरदायित्वका कामहरुलाई निरन्तरता दिने संस्थाका अध्यक्ष रनबहादुर काउचाले जानकारी दिनुभएको छ ।
२८ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया