तम्घास ।
भिरबाट लडेर शुक्रबार गुल्मीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मदाने गाउँपालिका-५, मलागिरीका ३५ वर्षीय शित बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताउनु भयो ।
भारतमा नोकरी गरेर प्यूठान हुँदै शुक्रबार राति घर फर्कँदै गरेका परियारको मदाने गाउँपालिका-५,डाँडापरिको भिरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोटदहले जनाएको छ । परियारले शुक्रबार बेलुकी घरमा फोन गरेर आफू घर आउँदै गरेको जानकारी गराएको बुझिएको छ ।
शनिवार बिहानसम्म पनि उनी घरमा नआएपछि खोजतलास गर्दै जाँदा भिरमा उनको शव फेला परेको परिवारका सदस्य बताउँछन् ।
परियारको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याई सकिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया