सल्यान ।
सल्यानमा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहरा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
वनमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। आगोमा परी सोही ठाउँका ४४ वर्षीय खगेन्द्र बोहरा घाइते भएको र उनको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। सिमपानी बस्ती जंगलको बीचमा भएको र उक्त बस्ती आगोको उच्च जोखिममा रहेको छत्रेश्वरी गाउँपालिका(६ का वडा अध्यक्ष चूडामणि दसौदीले जानकारी दिए। भीषण आगलागी भएकाले नियन्त्रण गर्न निकै समस्या भएको बताइएको छ। आगो नियन्त्रण गर्न नेपाली, सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय लागि परेका छन्।
२८ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया