काठमाडौँ ।
अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको आरोपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागको टोलीले नेटवर्किङ व्यवसायमा सलग्न रहेको सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले दुबई मुख्य कार्यालय रहेको नेटवर्किङ कम्पनीको भारतको लखनउमा शाखा कार्यालय रहेकोर त्यँहीबाटसुन, रियलस्टेटलगायतका व्यवसाय संचालन गर्ने भन्दै प्रशिक्षण दिएको पाइएको छ ।
शुक्रबार होटलमै २ सयजना बढीलाई प्रशिक्षण दिएको खुलेको छ। प्रशिक्षणमा सहभागी भएका १५र२० जना नेपाली र अन्य भारतीयभएको पाइएको छ । उनीहरुले न्यूनतम १२५० डलर जम्मा गर्नुपर्ने र त्यति नै रकम कम्पनीले हालेर नेटवर्किङ व्यवसायमा सहभागी हुन पाउने योजना बनाएका थिए ।
पक्राउ परेका माथि छानबिन चलिरहेको महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोकटीले बताए ।
२८ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया