१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

भारतबाट उद्दार गरेका मध्य १५ जनालाई परिवारको जिम्मा लगाइयो



काठमाण्डौ ।
भारतको उत्तरपूर्वी राज्य मिजरोमबाट उद्दार गरिएका २३ जना महिलामध्ये १५ जनालाई परिवारको जिम्मा लगाइएको छ । उनीहरुलाई काँकडभित्ता हुँदै नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जनाकारी दिनुभयो ।
झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार विहान मात्र काठमाडौं ल्याइएको छ ।
सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका उनीहरुलाई आवश्यक प्रकृया पूरा गरी आइतबार मात्रै परिवारको जिम्मा लगाइने उहाँले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ जना महिलालाई मिजरोमबाट उद्दार गरिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  २ : १७ बजे