१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रहरी चौकीमा आत्महत्याको प्रयास गरेका युवकको मृत्यु



चितवन ।
इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।
चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए ।
घिसिङले आत्महत्याको प्रयास गरेसँगै प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै बिहीबार राति आफन्त र स्थानीयवासीले इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६ शनिबार ००:००  ९ : १३ बजे