मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा सामुदायिक बन उपभोक्ता महासंघका पदाधिकारीका लागि दुई दिने तालिम सुरु भएको छ । जिल्लाको वाागंगा नगरपालिका वडा नं. २ नन्दनगरमा अवस्थित मनकामना सामुदायिक बनको सभाहलमा तालिम सुरु भएको हो ।
तालिममा प्रदेश नं. ५ का १२ आटै जिल्लाका सामुदायिक बन महासंघका जिल्ला पदाधिकारीको उपस्थिती रहेको छ ।
शनिबार दिउँसो सम्म चल्ने तालिममा बन व्यवस्थापन, शसक्तिकरण, स्वायत्त बन, पदाधिकारीको कार्यक्षमता, पारदर्शीता सम्बन्धि जानकारी दिइने छ ।
तालिमको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भुमिश्वर ढकालले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख सचेतक ढकालले बनको व्यवस्थापन गर्दा कानुनी कुरालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सामुदायिक बन स्थानीयबासीको प्रमुख स्रोत भएकोले यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
तालिमको महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले सहजीकरण गर्ने कार्यक्रम रहेको मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेलले जानकारी दिनुभयो ।
तालिमको कपिलवस्तुका १० ओटा सामुदायिक बनले सहयोग गरेका छन् । यो कार्यक्रममा महासंघले हरेक बर्ष अयोजना गर्दै आएको छ । यस बर्ष तालिमको आयोजना सामुदायिक बन उपभोक्ता महासंघ नेपाल प्रदेश नं. ५ ले आयोजना गरेको हो ।
२८ बैशाख २०७६ शनिबार ००:००
2
Shares
प्रतिक्रिया