एजेन्सी ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले आईपीएलमा इतिहास रचेको छ । २००८ बाट सुरु भएको इन्डियन प्रिमियर लिग (आईपिएल) इतिहासमा सर्वाधिक सफल कप्तानको रुपमा धोनीले जारी १२ औं सिजनमा पनि उनको टिम चेन्नेई सुपर किङ्गसलाई प्रतियोगिताको फाईनल प्रवेश गराएका छन् ।
शुक्रबार दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नेई उपाधिको लागि फाईनल प्रवेश गरेको हो । यो सङ्गै चेन्नई सुपर किङ्गस धोनिको कमान्डमा ८ औं पटक फाईनल पुगेको हो । आईपीएलको १२ वर्षे इतिहासमा १० वर्ष प्रतियोगितामा सहभागी भएको चेन्नई ८ पटक फाईनल पुगेको हो भने म्याच फिक्सिङ आरोपमा प्रतिबन्ध लागेपछि चेन्नईले दुई वर्ष प्रतियोगितामा सहभागीता जनाएको थिएन ।
चेन्नईले सन २०१०, २०११ र २०१८ को उपाधी जितेको थियो भने सन २००८, २०१२, २०१३ र २०१५ मा उप–विजेता बनेको थियो । उपाधि तीन पटक मात्र जितेको छ ।
त्यसैगरी चेन्नईलाई सन् २०१६ र २०१७ मा प्रतिबन्ध लागेको थियो । सन २०१९ गरी ८ औं पटक फाईनल पुगेको चेन्नई चौथोपटक उपाधी जित्ने वा नजित्ने आइतबार हुने फाईनल खेलले टुङ्गो लगाउनेछ ।
१२ औं सिजनको फाईनल भिडन्त आइतबार नेपाली समय अनुसार राति ७ः४५ बजे राजिब गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा चेन्नई मुम्बई बीच हुनेछ ।
प्रतिक्रिया