बुटवल ।
बुटवलको बसपार्कमा ३ हप्ता लगातार सरसफाई हुने भएको छ । बुटवल तिनाउ सरसफाई अभियानले अभियानको ५० औं हप्ता पुग्न लागेको अवसरमा बसपार्कमा ३ हप्ता लगातार सरसफाई गर्न लागेको हो ।
अभियानले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गत बर्ष असार ९ गते देखि सुरु भएको अभियान जेठ १८ गते ५० औं हप्ता पुग्दै छ । अभियानका संयोजक ठाकुर गैह्रेले बसपार्क बाट अभियान सुरु भएकाले अभियानको ४७ औं देखि ५० औं हप्ता बसपार्कमा गर्न लागिएको बताउनुभयो ।
बुटवल सुन्दर र सफा छ भन्ने सन्देश बसपार्कमा आएका यात्रुहरुबाट जाने भएकाले बसपार्कलाई सुन्दर र सफा राख्न अभियान चलाइरहने उहाले बताउनुभयो । पछिल्लो समय गुट्खा र प्लाष्टिकजन्य फोहोरका कारण कुरुप बन्दै गएको बताउँदै अभियानमा व्यवसायीको साथ समेत नभएको उहाले गुनासो गर्नुभयो।
२८ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया