१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

दिल्लीलाई ६ विकेटले हराउँदै चेन्नई फाइनलमा, उपाधिका लागि आइतबार मुम्बई संग भिड्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
१२ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटको चेन्नई सुपर किङ्स फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनल प्रवेश गरेको हो ।
दिल्लीले दिएको १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । चेन्नईका जितका लागि सेन वाट्सन र फाफ डु पेल्सीसले अर्धशतकीय पारी खेले ।

दुबैले समान ५० रन बनाएका थिए । वाट्सनले ३९ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए भने फाफ डुले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन बनाए । त्यसैगरी अम्बायती रायडुले १९, सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ५ रन बनाए ।


दिल्लीका लागि अमित मिश्र, अक्षर पटेल, इसान शर्मा र ट्रेन्ट बोल्टले समान एक-एक विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।
दिल्लीका लागि रिशभ पन्तले सर्वा्धिक ३८ रन बनाए । २५ बल खेलेका उनले २ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाएका थिए । त्यस्तै कोलिन मुन्रोले २७ रन जोड्दा शिखर धावनले १८ तथा कप्ता श्रेयश ऐरले १३ रन बनाएका थिए ।बलिङतर्फ चेन्नईका लागि हर्भजन सिंह, रवेन्द्र जडेजा, दीपक चहार र ब्राभोले समान दुई–दुई विकेट लिए भने इमरान तहिरले एक विकेट लिएका थिए । चेन्नईले उपाधिका लागि यसअघि नै फाइनल पुगेको मुम्बई इन्डियन्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।

unn.prixa.net

प्रकाशित मिति : २७ बैशाख २०७६ शुक्रबार ००:००  ११ : ३२ बजे