नयाँ दिल्ली– १२ औँ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटको दास्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई १४८ रनको लक्ष्य दिएको छ । चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा नौं विकेटको क्षतिमा १४७ रन बनाएको हो ।
उसका लागि ऋषभ पन्तले ३८, कोलिन मुन्द्रोले २७, शिखर धवनले १८, श्रेयस अयरले १३, इशान्त शर्माले र शेर्फान रुथरफोर्डले समान १० रन बनाए पनि अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ चेन्नईका हरभजन सिंह, दीपक चहार, रविन्द्र जडेजा र ड्वाने ब्राभोले दुई–दुई तथा इमरान ताहिर एक विकेट लिए । आजको खेलमा विजयी हुने टोलीले आइतबार आईपीएलको फाइनलमा मुम्बई इन्डियन्सको सामना गर्नेछ ।
प्रतिक्रिया