काठमाडौँ ।
युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पार्नुभएको छ । आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाउनुभयो ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पार्नुभयो ।
उहाले सरकारको आर्थिक वर्ष २०७६-७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्रा्ष्ट्रिय महत्वको १३ औं साग प्रतियोगिता आयोजना गर्ने कुरा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाउनुभयो ।
हिजोमात्रै आफ्नै अध्यक्षतामा उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको उनले जानकारी दिनुभयो ।
मन्त्री विश्वकर्माले १३ औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको बताउनुभयो ।
२७ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया