नेपालगञ्ज ।
बाँकेको कोहलपुरमा चार ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । कोहलपुर–११, साँझाचोबाट थारुगाउँ जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका १८ वर्षका सुदीप चौधरीलाई जाँच गर्दा ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय, कोहलपुरले चौधरीबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ । बाँकेको दोस्रो ठूलो शहर कोहलपुर पछिल्लो दिनमा ब्राउनसुगर ओसारपसारको केन्द्र बन्दै गएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट किनेर नेपालगञ्ज हुँदै कोहलपुर र्पुयाएर कारोबार हुने गरेको छ ।
लागु औषध अनुसन्धान ब्यूरोको टोलीको पछिल्लो रिपोर्टले कोहलपुरसँग जोडिएको बैजनाथबाट धेरै जना कारोबारलाई पक्राउ गरेको छ । बैजनाथमा प्रायः कोहलपुरबाटै लागु औषधको कारोबार हुने ब्यूरोका अधिकारीहरु बताउँछन् ।
२७ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया