एजेन्सी ।
दिल्ली क्यापिटल्सले बुधबार विशाखापट्नममा सनराइजर्स हैदराबादलाई पराजित र्गयो । यो जित दिल्लीका लागि ऐतिहासिक समेत बन्यो । ऐतिहासिक यस अर्थमा की दिल्लीले यसअघिको संस्करणसम्म नकआउट चरणको कुनै पनि खेलमा जित हात पारेको थिएन ।
सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै चेन्नईको सामना गर्न तयार दिल्ली त्यही लयलाई कायम राख्च चाहन्छ, जस्तो उसले लिग चरण र इलिमिनेटरमा खेलेको थियो । चेन्नईसँगको म्याच पनि विशाखापट्नममा नै हुँदैछ ।
आईपीएलमा दिल्लीमात्र यस्तो टिम हो, जसले आईपीएलको फाइनल खेल्न सकेको छैन । त्यो खराब इतिहासलाई विर्साउाने प्रयासमा दिल्ली हुनेछ । त्यसका लागि उसले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई पाखा लगाउनु पर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।
लिग चरणमा दिल्लीलाई शर्षि दुईको स्थान हात पार्नका लागि बाधा उत्पन्न गर्ने टिम चेन्नई नै थियो । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो । दोस्रो क्वालिफायरको विजेताले मुम्बई इण्डियन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
२७ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया