काठमाडौं ।
काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ सन २०१९ को मिस नेपालको ताज पहिरिन सफल भएकी छिन् । उनले सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुम्न सफल भएकी हुन् ।
निर्णायकले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यमा बढी ध्यान दिएर काम गर्यौं भने यो संसार समाज उत्कृष्ट बनाउन सकिन्थ्यो, तपाईंको के राय छ ? भन्ने प्रश्नको जवाफमा उनले कर्तव्य र अधिकार एकै सिक्काका दुई पाटा रहेको कुरा सुन्दै आएको भन्दै उनले सबैले आ–आफ्नो स्तरमा आफ्नो जिम्मेवारी निर्वाह गरेमा संसार स्वतः सुन्दर हुने जवाफ दिएकी थिइन् ।
उनी मिस नेपाल प्रतियोगिताकै लागि केही दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् । उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत छिन् ।
प्रतिक्रिया