गुल्मी ।
गुल्मीमा १३ वटा पुलको शिलान्यास भएकोमा तीनवटा मात्रै निर्माण सम्पन्न भएका छन् भने अरु पुल वर्षौँदेखि अलपत्र अवस्थामा छन् ।
गुल्मीमा २०६९ सालदेखि २०७४ सालसम्म सम्झौता भएका पक्की पुलहरु अलपत्र परेका हुन् ।
१६ वटा पक्की पुल शिलान्यास भएकामध्ये अहिले तीनवटा बाहेक १३ वटा पुलको काम बाँकी रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त प्रमुख सरोज कुमार आचार्यले बताए । जिल्ला समन्वय समिति गुल्मीका सदस्य राम मल्ल ठकुरीले जिल्लामा काम नगर्ने पुलहरुको गुनासो व्यापक आएकाले अनुगमन थालिएको बताए । ठकुरीका अनुसार शिलान्यास भएपछि कामै नगरी धेरै निर्माणकर्ता सम्पर्कमा छैनन् ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल योजना सञ्चालन गर्ने कार्यालयसँग समन्वय गरेर काम नगर्ने कम्पनीहरुको खोजी गरेर कानुन अनुसार कारबाही अघि बढाउने बताए ।
२७ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया