मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा २ वैजलपुरमा विहीबारदेखि जिल्लास्तरीय नकआउट फुटवल सुरु भएको छ । स्वर्गिय समाजसेवी बुद्धिराम न्यौपानेको स्मृतिमा प्रथम जिल्लास्तरीय बुद्धिराम स्मृति नकआउट फुटवल प्रतियोगिता बैजलपुर रंगशालामा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले खेलकुदको उद्घाटन गर्दै खेल राष्ट्रको गहना भएको भन्दै अनुशाषनपूर्वक खेलिने खेलले व्यक्ति र राष्ट्रको पहिचान हुने बताउनु भयो । पछिल्लो समय नगरपमलिकाले पनि खेल क्षेत्रमा राम्रो लगानी गरिरहेको भन्दै यस्ता प्रतिायेगितालाई आफू र आफू निर्वाचित वडाबाट भरपुर सहयोग हुने बताउनुभयो । प्रतियोगितामा जिल्लाका प्रतिष्ठित १२ क्लवले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु ५० हजार शिल्ड मेडल र प्रमाण पत्र पाउने छ भने दोश्रो हुने टोलीले नगद २५ हजार शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् भने विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको वैजलपुर युवा क्लवका अमृत घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बी विजयी भएको छ ।
आयोजकले सनराईज युवा क्लव मोतिपुरलाई सडन डेथमा विजयी भएको छ । आयोजक बि सडन डेथमा ५÷४ ले विजयी भएको हो । प्रत्येक दिन एक÷एक खेल सुरु हुने छन् । दिउँसो ४ बजेपछि प्रतियोगिता सुरु हुने आयोजकले मायादेवी अनलाइनलाई जानकारी गराएको छ ।
२६ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया