परासी ।
पश्चिम नवलपरासीमा दुर्घटना न्यूनीकरणका लागि तीन महिनादेखि टिपर चालकलाई टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिमा टिपर चलाउँदा दुर्घटना बढेको गुनासोपछि यस्तो नियम लागू गरिएको हो ।
समय तोकेपछि गति नियन्त्रण हुने विश्वास गरिएको छ । टिपर देख्ने बित्तिकै आसपासका अन्य गाडी चालक डराउनु पर्ने अवस्था छ ।
दिनहुँ दुर्घटना हुन थालेपछि न्यूनीकरणका लागि यस्तो उपाय अपनाइएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक सुरेशकुमार शाहका अनुसार जिल्लाका अधिकांश टिपरले सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ ओसार्ने गरेका छन् ।
ुदुर्घटना न्यूनीकरण गर्नु हाम्रो पहिलो दायित्व हो,ु उनले भने, ुतीव्र गति नियन्त्रण गर्न बुटवलमा प्रहरीले टाइम कार्ड दिने गर्छ ।
त्यसको पालना भएरनभएको पश्चिम नवलपरासीको सुनवलमा जाँच हुन्छ ।ु टाइम कार्ड लागू भएको तीन महिनामा उक्त खण्डमा टिपरका कारण एउटा दुर्घटना भएको छ ।
बुटवलदेखि सुनवलसम्म २३ किलोमिटर पार गर्न ४६ मिनेट तोकिएको छ । त्यसभन्दा पहिले आएमा चालकलाई कारबाही हुन्छ । सुनवलका जितेन्द्र चौधरीका अनुसार टिपर चालकले प्रतिटिप भत्ता पाउने भएकाले त्यसको लोभमा अत्यधिक गतिमा चलाउने गरेका थिए । अहिले टाइम कार्ड लागू भएपछि गति सीमित भएको उनले बताए ।
प्रतिक्रिया