काठमाडौं ।
विदेशमा नेपाली फिल्मको प्रतीक्षा गर्ने दर्शकका लागि खुशीको कुरा छ । अब विदेशमा रहेका दर्शकले नेपाली फिल्म रिलिज भएको हप्तामा नै हेर्न पाउने भएका छन् ।
हालै सार्वजनिक गरिएको एक ‘एप’ ले विदेशमा शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था मिलाएको हो । युट्युब च्यानलमार्फत फिल्म प्रदर्शन गर्दै आएको ओएसआर डिजिटलले भिडियो पसल नामक वेबसाइट र यसको एप बजारमा ल्याएको हो ।
हाललाई यो एप विदेशमा भएका दर्शकले मात्र डाउनलोड गर्न पाउनेछन् ।
विदेशमा नयाँ फिल्म पनि नेपालमा रिलिज भएकै समयमा हेर्न पाउने संस्थाले जनाएको छ । ओएसआर डिजिटलका अनुसार एकपटक भिडियोका लागि पैसा तिरेपछि पाइरेसी नहुने गरी उक्त फिल्म हेर्न सकिनेछ । संस्थाले पाइरेसी नहुने गरी एपको डिजाइन गरेको दाबी गरेको छ ।
फिल्म हेर्नका लागि १ देखि ३ डलरसम्म तिर्नुपर्नेछ । अबको केही हप्ताबाट अघिल्लो वर्ष रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘द ब्रेकअप’, ‘प्रसाद’ लगायतका फिल्म अपलोड भइसकेको जनाइएको छ ।
योसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि सःशुल्क फिल्म हेर्ने परिपाटीको विकास हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया