विष्णु कुमार आले, ठाडा ।
बिगत केही दिन देखि यहाँका जंगलमा लागेको डडेलोले शितगंगाबासीलाई निकै तर्साएको छ । शितगंगा नगरपालिका अन्तरगत रहेका अधिकांश सामुदायिक तथा राष्ट्रिय वनमा यतिबेला व्यापक डडेलो लागेको छ ।
वनमा लागेको डढेलो जुनसुकै बेला घरमा सल्किन सक्ने भन्दै अधिकाशं शितगंगावासी रातको समयमा समेत राम्रो संग सुत्न सकेका छैनन् । घर नजिकैको जंगल डडेलोले सखाप पारीसक्यौ, कुनबेला घरमा आगो सल्कीने हो, न दिनमा भोक छ नत रातमा निन्द्रा, जङगल क्षेत्र नजिक रहेका बासीन्दा यस्तो पिरलोबाट मुक्त हुन सकेका छैनन् ।
शितगंगा नगरपालिका ३, ४, ६, ७, ८, ९, १०, १३ वडाका अधिकांश वनमा अहिले डडेलो लागिरहेको छ । वडा नं. ८ को फुर्के सल्लीमा मंगलवार वनमा लागेको डडेलो वस्तीमा पस्दा तीन घर जलेर पुर्णरुपमा नष्ट हुँदा करीव १२ लाख बराबरको क्षेती भएको छ, भने कैयौ घरहरु उच्च जोखिममा रहेका छन् ।
यस क्षेत्रमा बर्षेनी हुने आगोलागीका कारण कैयौ मानिस घरवार बिहिन हुने गर्दछन् भने वनमा रहेको करोडौको काठ जलेर नष्ट हुने गर्दछ । बर्षेनी वननै सखाप हुनेगरी डडेलो लागिरहदा सम्बन्धित निकायले भने खासै चासो दिएको पाइदैन ।
प्रतिक्रिया