११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

एनआरएन क्षेत्रीय सम्मेलन सिड्नीमा, प्रदेश साँसद पन्थी पनि सहभागी



मायादेवी अनलाइन, वाणगंगा ।
प्रवासी नेपालीहरुको संगठन एनआरएनको ओसिनिया क्षेत्रको सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ । सम्मेलनमा कपिलवस्तुबाट प्रदेश सभा सदस्यमा निर्वाचित साँसद विष्णु पन्थीले पनि सहभागीता जनाउनु हुनेछ । ’समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ नारासहित आयोजना हुने कार्यक्रममा विभिन्न देशका दर्जंनौ प्रतिनिधीहरुले सहभागिता जनाउने भएका छन् ।
बुधबार पन्थी अष्ट्रेलियाको सिड्नीमा हुने २ दिने एनआरएनको ओसिनिया सम्मेलनमा सहभागी हुन त्यस तर्फ प्रस्थान गर्नुभएको छ । नेपालको पर्यटन विकासमा स्वदेशी तथा विदेशी लगानी भित्रयाउदै यसको प्रचार प्रसार गर्न महत्वपूर्ण अवसर मिल्ने साँसद पन्थीले जानकारी दिनुभयो । विश्वकै शान्तिको मुहान लुम्बिनी र लुम्बिनी भ्रमण वर्ष २०७६ नेपालमा मनाइरहदा एकैपटक विभिन्न देशका प्रतिनिधीलाई नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ को जानकारी गराउन ओसिनिया सम्मेलन राम्रो प्लेटफर्म हुने उहाँले बताउनुभयो ।
आउँदो शनिबार र आइतबार आयोजना गरिने कार्यक्रममा सहभागीता जनाएपछि पन्थी विभिन्न ओहदाका व्यक्तित्वसंग भेटघाट गरेपछि जेठ ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
सम्मेलनमा अष्ट्रेलियाका उच्च राजनीतिक नेताहरुका साथै नेपालबाट कानुनमन्त्री भानुभक्त ढकालको उपस्थिती रहने एनआरएनका ओसिनिया संयोजक धर्मराज अधिकारीले जानकारी दिए । आयोजकका अनुसार लगानी, पर्यटन र सृजना विषयमा अमेरिका, अष्ट्रेलिया क्यानाडा लगायतका देशमा रहेका विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।
सम्मेलनको मुख्य उद्देश्य समृद्ध नेपालको लागि सबै प्रवासी नेपालीहरु सधैं अग्रसर रहेको सन्देश दिने बताइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  ९ : ३३ बजे