११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

देशभर नै गर्मी चढ्दो, बाँकी मौसम भने सफा



काठमाडौँ ।
देशभरको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी भूभागमा बेलुकातिर आंशिक बदली हुने सम्भावना भने रहेको मौसमविदले बताएका छन् । ती क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्नेछ ।
केही दिनदेखि मौसम सफा रहँदै आएको छ । देशभर दिनभर घाम लाग्दा गर्मी बढेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ र दिनभरि नै मौसम यस्तै रहने जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  ८ : १२ बजे