११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

आयाक्सको उपाधि उचाल्ने सपनामा टोटनह्याम बाधक, नाटकीय खेलमा फाइनलमा



एजेन्सी,
नाटकीय खेलमा आयाक्सलार्ई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्वलको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।

यसपटकको च्याम्पियन्स लिगको उपाधि उचाल्न दुईवटा इंग्लिस क्लबले सेमिफाइनलमा अविश्वस्नीय प्रदर्शन गरे । लिभरपुलले बार्सिलोनालाई तीन गोलले पछि परेको अवस्थामा कमब्याक गरेको दोस्रो दिन नै अर्को इंग्लिस क्लब टोनह्यामले पनि आयाक्स विरुद्ध दुई गोलले पछि परेको अवस्थामा कमब्याक गर्न सफल भयो ।

पहिलो लेगमा घरेलु मैदानमा एक शून्यले पछि परेको टोटनह्याम दोस्रो लेगमा आयाक्सको मैदानमा पाँचौ मिनेटमा नै गोल खान पुग्यो । आयाक्सका १९ वर्षे कप्तान माटिज डी लीटले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३५ औं मिनेटमा टोटनह्यामले अर्को गोल खान पुग्यो । घरेलु टिम आयाक्सका लागि जेइचले गोल गर्दै समग्रमा तीन शून्यले टिमलाई अगाडि राखे । दोस्रो लेगमा पनि पहिलो हाफमा नै दुई गोलले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । उसका लागि लुकास मोउराले ह्याट्रिक गर्न सफल भए ।

उनले खेलको ५५ औं, ५९ औं र इन्जुरी समयको अन्तिममा गोल गर्दै टोटनह्यामले अवे गोलमा च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याए । टोटनह्याम सन् १९८४ पछि युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो । यो बेला एन्डरलेच्टलाई हराउँदै उपाधि जितेको थियो ।
जितपछि टोटनह्यामको प्रशिक्षक माउरिसियो मैदानमा नै निकै भावुक भएका थिए । जितको खुशी मनाउने क्रममा उनको आँखाबाट आँसु झरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  ७ : ३८ बजे