मायादेवी अनलाइन, कपिलवस्तु ।
करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका जिल्लाको मायादेबी गाउपालिका– ६ सिसवा गाउका ६ बर्षे बालकको उपचारमा समस्या आएको छ । आर्थिक अभावले गुड्डु कलवाकारका ६ बर्षे जेठा छोरा सुशीलको उपचारमा कठिनाई आएको हो ।
सुशीलको गत चैत ११ गते कपिलवस्तु नगरपालिका– ७ स्थित दोहनी नयाँ चौराहामा रहेको ३३ केभिएको हाईटेन्सन लाईनलाई छुदा गम्भीर घाईते भएका थिए । करेन्टले सुशीलको दुबै हात खुट्टा र कम्मरको भाग जेलेको थियो ।
सुशीलका बुवाले दोहनी चौराहामा रहेको एउटा सटर भाडा लिएर सानो मदिरा पसल संचालन गर्दै आएका छन् । गत चैत ११ साँझ ५ बजेतिर इन्ची टेप खेल्ने क्रममा छत माथी रहेको नाङ्गो हाईटेन्सन लाईन छुदा सुशीललाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घटनामा गम्भिर घाईते भएका सुशीललाई तत्कालै भैरहवामा रहेको युनिभर्सनल मेडकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यहाँ उनको चार दिन उपचार भएको थियो । थप उपचारका लागि चार दिन पछि किर्तिपुर अस्पतालमा उनलाई लगिएको थियो । अहिले सुशीलको त्यही उपचार भइरहेको उनका बुवा गुड्डुले बताउनुभयो । सुशीलको दुबै हात खुट्टा नराम्ररी जले पछि डाक्टरहरुले अप्रेशन गरी काटेको बुवा गुड्डुले बताउनुभयो ।
छोराको उपचारमा १२ लाख रुपैया खर्च भईसकेको उहाले बताउनुभयो । सम्पत्तिको नाममा सानो घर र कच्ची ३ बिघा खेत मात्र छ । आर्थिक अभावले उपचारमा समस्या आए पछि सुशीलका हजुर बुवा चिन्कु कलवार सहयोग माग्दै हिडेका छन् ।
उपचारका लागि भन्दै मायादेबी गाउँपालिकाले १ लाख रुपैया सहयोग गरेको गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीले बताउनुभयो । उपचारमा गाउँपालिकाबाट थप सहयोग गर्ने उहाले बताउनुभयो ।
उता प्रजिअको अध्यक्षतामा रहेको जिल्ला बिपद ब्यवस्थापन समितिले समेत सुशीलको उपचारमा १० हजार दिने निर्णय गरेको सहायक प्रजिअ रामेश्वर अर्यालले बताउनुभयो । छोराको हात देखेर सुशीलकी आमा सरिता छिन छिनमा अर्धचेत हुने गरेकी छिन् । छोराको ज्यान बचाउन सहयोग जुटाई दिन याचना गरिन ।
उता सो दुर्घटनाको प्रहरीले मुचुल्का उठाए पनि प्राधिकरणको तौलिहवा शाखालाई घटनाबारे अझै आधिकारिक जानकारी नभएको बताएको छ । प्राधिकरण तौलिहवाका प्रमुख जयकुमार यादवले सो घटनाबारे अझै सम्म आफुलाई कसैले जानकारी नगराएको बताउनुभयो ।
उहाले पीडीत परिवारले निबेदन दिए आफुले प्राधिकरणको क्षेत्रीय कार्यालयमा पठाउने बताउनुभयो । उता सुशीलका बुवा गुड्डुले छोराको उपचार र पैसा जुटाउने कार्यका ब्यस्त भएकाले अझ सम्म बिद्युतमा जानकारी गराउन नसकेको बताउनुभयो । केही दिन मै क्षतिपुर्तिका लागि प्राधिरकणमा निबेदन दिने उहाले बताए ।
२६ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया