बुटवल ।
रुपन्देहीको सालझण्डीबाट पाल्पाको जुठापौवा सुगुरढुंगा सडक बिस्तार सुरु भएको छ । कृषि सडकका रुपमा ट्रयाक मात्रै खुलेको सडकलाई अहिले मोटरबाटो गुड्ने गरी बिस्तार गरिएको छ । मोटरबाटो र कालोपत्रेको बुधबार प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गर्नुभयो ।
उहाले कृषिको बजारिकरण तथा ग्रामिण पर्यटनको प्रवद्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनैतिक सडक अन्तरगत विस्तार र स्तरोन्नति थालिएको बताउनुभयो । सडक राजमार्ग क्षेत्रबाट २६ किलोमिटर लम्बाइको छ । त्यसलाई साढे ६ मिटर चौडाइको बनाइएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सालझण्डीबाट सुरु भएर पाल्पाको रैनादेवी छहरा गाउपालिका र अर्घाखाचीको पाणिनी गाउपालिका हुदै गुल्मीको रुरु गाउपालिकामा जोडिने छ ।
सालझण्डी जुठापौवा सुगुरढुंगा सडक सडकमा संघीय सरकारको ससर्त अनुदानबाट ५० लाख बजेट छुट्टिएको छ । त्यसमध्ये चालु आर्थिक वर्षमा २७ लाख ३६ हजारमा भावना कन्टक्सनले ठेक्का लिएको छ । यसबाट सडकको नाली काट्ने र १ हजार ८ सय क्षेत्रमा कालोपत्रे गरिने छ । आगामी आर्थिक वर्षमा सबै सडक कालोपत्रे गर्ने त्यसक्षेत्रका सांसद तुलाराम घर्तीमगरले बताउनुभयो ।
सडक पुगेपछि उत्पादित वस्तुले उचित मूल्य र बजार पाउने उहाले बताउनुभयो । प्रदेश सांसद भुमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाई ग्रामिण क्षेत्रमा लगेर घुमाउन र बसाइ अवधी बढाउन समेत सडक उपयोग गर्ने बताउनुभयो । प्रदेश सांसद नारायण आचार्यले कृषि उत्पादन बजार ल्याउने सडक भएकाले विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो ।
२६ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया