११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

ओली नेतृत्वको सरकार इतिहासमै सबै भन्दा भ्रष्ट तर्फ उन्मुखः भण्डारी



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले उपलब्धी र परिवर्तनको अगुवाई गरे पनि चुनाव हार्नुमा कांग्रेसको आफ्नै कमजोरी भएकाले त्यसलाई सुधार गरेर अघि बढनु पर्ने बताउनुभएको छ । नेता भण्डारीले बिगतमा भएका कमीकजोरीलाई आत्मसात गर्दै सोचमा परिवर्तन गरी पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस कपिलवस्तुले राष्ट्रिय जागरण अभियान अन्तरर्गत बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा राखेको कार्यक्रममा संबोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले सबै उपलब्धीहरुका कुरा कांग्रसले गरे पनि चुनाव हारको कारण भने समिक्षा गर्नुपर्ने बताउनुभयो । उहाले अब कांग्रेस भित्र सबैलाई समान अवसर दिनु पर्नेमा जोड दिनुभयो । पार्टीलाई पुरानै स्थितीमा ल्याउन कार्यकर्ताहरुले समेत उत्साह थप्नु पर्ने उहाँ बताउनुहुन्छ ।
सो अवसरमा नेता भण्डारीले प्रधानमन्त्रीले एक बर्ष अघि दिएको करेन्टरुपी नारा अहिले भने फिउज भएको बताउनुभयो । घरमा ग्यासको पाईप लाईन, चिनबाट तेल ल्याउने नारा अहिले पनि झुठ साबित भएको बताउनुभयो । उहाले ओली नेतृत्वको सरकार ईतिहास मै सबै भन्दा भ्रष्ट हुने तर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।
उहाले संघीय देखि स्थानीय सरकार अहिले भ्र्रष्ट्राचारमा डुबेको बताउनुभयो । सो अवसरमा नेता भण्डारीले हालै पेश गरिएको सरकारको नीति तथा कार्यक्रम नेपालको भुगोललाई नसुहाउदो भएको बताउनुभयो । कार्यक्रममा तीन जना जिल्ला स्तरीय नेतालाई मात्र बोल्ने अवसर दिईएको थियो । त्यसमा पनि एक जना महिलालाई अवसर दिईएको थियो ।
अधिकांश समय केन्द्रिय नेतालाई नै बोल्ने समय दिईएको थियो । पार्टी सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता, सचिव प्रेम बहादुर रायमाझीको संचालनमा भएको कार्यक्रममा क्षेत्रीय सभापति हरिराज घिमिरे, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ, ईन्दिरा भट्टराईले पाटीमा गुट-उप गुट अन्त्य हुने पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  ६ : ०९ बजे