११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

अर्घाखाँची फुर्केसल्लीका अग्निपिडितलाई राहत वितरण



बिष्णुकुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा आगलागी पिडितलाई राहत बितरण गरिएको छ । मंगलबार साँझ सितगंगा नगरपालिका वडा नम्बर ८ फुर्केसल्ली निवासी एकै घरका बुमबहादुर बिटालु, वीर बहादुर बिटालु र धनबहादुर बिटालुको ३ घर ३ गोठमा आगलागी भई पिडित भएका उनीहरूलाई नगर, वडा कार्यालय र रेडक्रसले राहत बितरण गरेको हो ।
उनीहरूलाई प्रतिघरपरिवार ९० किलोचामल, तेल, दाल, आलु ,स्वाबिन, त्रिपाल लगायतका राहत सामग्री नगर प्रमुख सुर्य प्रसाद अधिकारी र वडा अध्यक्ष रूकेस आलेले पिडितहरूको घरमा पुगेर बुधबार संयुक्त रूपमा राहत बितरण गरेका हुन् ।
फुर्के सल्ली सामुदायिक वनमा लागेको आगो एक्कासी हावाले उडाएर घरमा कोहि नभएको बेला आगो आएपछी ३ घरगोठ जलेर नष्टभएको थियो । आगलागी हुँदा बुमबहादुर बिटालुको ४ लाख ४७ हजार, धनबहादुर बिटालुको ३ लाख ३६ हजार र वीरबहादुर बिटालुको ४ लाख १६ हजार गरि करिव १२ लाख बराबरको क्षति भएको सातमारा प्रहरीले जनाएकोछ । आगलागीमा परि ५ ओटा बाख्रा,२ ओटा गोरु १ ओटा गाई मरेका छन् । अहिले ३ घरका १४ जनाको परिवार छिमेकीको घरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६ बुधबार ००:००  ६ : ४९ बजे