११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

बुटवलमा पनि कांग्रेसको राष्ट्रिय जागरण अभियान, महामन्त्री डा. शशांकले गरे शुभारम्भ



बुटवल ।
नेपाली कांग्रेसले बुधबारदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न आजबाट जागरण अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य पनि कांग्रेसले राखेको छ ।
हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । पहिलो चरणको अभियान १ महिना चल्नेछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३ सय ३० प्रदेश र तेस्रोमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।
जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले दिएको एउटै मोडलमा देशभर जागरण अभियान कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रम उद्घाटन पनि कांग्रेसले नयाँ तरिकाले गरेको छ । स्वामी र बर–पिपलमध्ये १ विरुवा रोपेर कार्यक्रम उदघाटन गर्न सबै जिल्लामा कांग्रेसले सर्कुलर गरे अनुसार जिल्ला समितिले सम्भव भएसम्म ३ मध्ये एक र नभए फलफुलका बिरुपा रोपेर कार्यक्रमको उदघाटन गरेका छन । यस्तै कपिलवस्तुमा अभियानको पार्टी केन्द्रिय सदस्य चन्द्र भण्डारीले बिरुवामा पानी सिंचित गरी उदघाटन गर्नुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७६ बुधबार ००:००  ६ : ३२ बजे