११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

प्रदेश ५ को बजेट अधिवेशन जेठ २ गते, कस्तो आउला सबैको चासो !



बुटवल ।
प्रदेश ५ को प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ २ गते आह्वान गरिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले जेठ २ गते दिउँसो १ बजे बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले बताउनुभयो ।
संविधानको धारा १८३ को उपधारा १ मा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेटको तयारी समेत थालिसकेको छ ।
असार १ गतेभित्र बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले त्यसअघि नीति कार्यक्रम पेश गर्ने र बजेट पेश गर्ने तयारी थालेको हो ।
प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा भौतिक पूर्वाधार, खानेपानी, सिंचाई, कृषि, शिक्षा, स्वास्थ्य, सडकलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने तयारी गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।
उहाका अनुसार प्रदेश ५ सरकारले यसपटक नयाँ र धेरै ठूला योजनालाई समावेश गर्नेछैन । ‘
यस्तै प्रदेश सभाबाट पारित भएका ६ वटा विधेयक पनि प्रमाणीकरण भएका छन ्। प्रदेश प्रमुख झाले वैशाख २३ गते पशु स्वास्थ्य तथा पशु सेवा, पशु बधशाला तथा मासु जाँच गर्ने, मल व्यवस्थापन, खानी अन्वेषण र व्यवस्थापन, तथ्यांकसम्बन्धी, जिल्ला सभा तथा जिल्ला समन्वय समितिसम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश पर्यटन, संघसंस्था दर्तासम्बन्धि विधेयक पनि प्रमाणीकरण भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६ बुधबार ००:००  ६ : २४ बजे