मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलमा शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारु समेत परेकी छिन । प्रधानमन्त्री ओली सहित मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल विहीबार विदेश भ्रमणमा निस्कदै छ ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई छन्।
यसैगरी, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल सहितको भ्रमण दलमा शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु समेत परेकी हुन ।
प्रधानमन्त्री ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत तथा परराष्ट्रबाट सह(सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्यसहित भ्रमण टोलीमा छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत जाँदैछन् ।
प्रतिक्रिया