बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको देउराली खरस्याथरी राष्ट्रिय वनमा अहिले भिषण आगलागी भैरहेको छ । सितगंगा ६ जुकेनामा रहेको देउराली खरस्याथरी राष्ट्रिय वनमा मंगलबार साँझ अमिले खोलाबाट सल्केको आगोले ठूलो रूपलिए पछी कलमकोट र दाङसिङको गाँउ उच्च जोखिममा परेकोछ ।
दुईगाँउका करिव १ सय ५० बढि घरधुरी भए पनिघरमा बृद्धबृद्धा र केटाकेटीबाहेक अरू घरबाहिर भएकाले आगोनियन्त्रण गर्न कठिनभएको ६ नम्बरवडा अध्यक्ष रिषी रेश्मी मगरले बताए ।
अहिले वडा कार्यालय नजिकैबाट आगो गाउँपस्न थालेपछि वडाअध्यक्ष सहित स्थानियबासी आगोनियन्त्रणमा जुटेका छन् । आगोले करिव ४० हेक्टर बढि जंगल सखाप पारेको स्थानीयले बताए । वनमा भएको लाखौंको काँठ, दाउरा नोक्सान हुनुका साथै डढेलोले धुवाधुलोले सिंगो गाउँ प्रदुषण भएको छ ।
प्रतिक्रिया