काठमाण्डौ ।
नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिबाह गरेका छन् । बैशाख २४ गते परेको लगनमा दीपिका र दीवाकारले जीवनभरका लागि सँगै जिउने कसम खाएका हुन् । फिल्म ‘ऐश्वर्य’ बाट प्रेममा परेको दीवाकर र दीपिकाले हिन्दु संस्कृति अनुसार विवाह गरेका हुन् । दीपिकाले ‘ऐश्वर्य’ डेब्यु फिल्म थियो । गृह नगरमा भएकाले निर्देशक र नायिकाको बिबाहमा धेरै फिल्मकर्मी भने उपस्थित हुन सकेनन् ।
अभिनेता प्रशान्त ताम्रकार, सिनेम्याटोग्राफर सुदीप खड्का लगायत बिबाह समारोमा सहभागी थिए । दीवाकर र दीपिकालाई बैबाहिक जीवनको शुभकामना १
प्रतिक्रिया