९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हेल्मेट छनोट गर्दा यी कुरामा ध्यान दिऔं



काठमाडौं ।
आजकलका युवा तीव्र गतिमा मोटरसाइकल राइड गर्न मन पराउँछन् । तीव्र गतिमै भए पनि सुरक्षित तरिकाले बाइक राइडिङ गर्न भरपर्दो हेल्मेटको जरुरी हुन्छ । दुर्घटना भइहाल्यो भने पनि ज्यान जोगिने सम्भावना धेरै हुन्छ । त्यसैले, सुरक्षित हेल्मेट छनोट गर्न आवश्यक छ । छनोट गर्दा निम्न कुरामा ध्यान दिऔँ

हेल्मेट पूरा अनुहार छोप्ने हुनुपर्छ । ताकि, यसले टाउकोको पूर्ण सुरक्षा गरोस् ।
हेल्मेट मजबुत हुन आवश्यक छ । यसका लागि आइएसआई मार्कद्वारा प्रमाणित खरिद गर्न आवश्यक छ । किन्नुअघि वारेन्टी–ग्यारेन्टी आदिबारे जानकारी लिनुपर्छ ।
जहाँ पनि पाइने धेरै सस्ता हेल्मेट नकिनौँ । सस्ता हेल्मेट कच्चा हुने सम्भावना बढी हुन्छ । तसर्थ, आफ्नो जीवनरक्षासँग जोडिएको चिज किन्दा पैसामा कम्प्रमाइज नगरौँ ।
सिसा कालो भएको हेल्मेट प्रयोग नगरौँ । पारदर्शी हेल्मेट खरिद गरौँ । ताकि, टाढाको वस्तु पनि स्पष्ट देखियोस् ।
हेल्मेटको साइज आफूसँग ठिक्क मिल्ने होस् । ठूलो पनि नहोस् र सानो पनि ।

प्रकाशित मिति : २५ बैशाख २०७६ बुधबार ००:००  १ : ५६ बजे