११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

स्मृती कपः उपाधिका लागि बाणगंगा वेलफेयर र झरना स्पोर्टस् भिड्दै, यस्तो छ जोड–घटाउ



चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा जारी मुक्ति, राजेश, राजेन्द्र र ओमप्रकाश स्मृती कपिको फाइनलमा बुधबार (आज) वाणगंगा वेलफेयर सोसाइटी र झरना स्पोट्स कुञ्जलापुर रुपन्देही भीँड्ने भएका छन् । बुद्ध रंगशालामा बुधबार अपरान्ह ठिक ४ बजे उपाधिका लागि हुने यी २ टोली बीचको भीडन्त निकै रोचक हुने खेलप्रेमीहरुले अपेक्षा गरेका छन् । रुपन्देहीमा हुने बिभिन्न प्रतियोगिताको उपाधि उचालि सकेको झरना स्पोर्टस् क्लब गिनेचुनेको नाम हो भने बाणगंगा वेलफेयर कपिलवस्तुको उत्कृष्ट टिममा पर्दछ ।
पहिलो सेमिफाइनलमा भैरव एफसी नवलपरासीलाई पराजित गरेको झरनामा राष्ट्रिय स्तरका खेलाडीहरु रहेका छन् भने बाणगंगाले विदेशी खेलाडी सहित राष्ट्रिय स्तरका खेलाडीलाई सेमिफाइनलबाट मैदान उतारेको हुनाले यी २ टोलीबीचको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।

Image may contain: one or more people, people playing sport and outdoor
भैरव एफसी राम्रो टोली हुँदा पनि झरनाको रक्षापंति तोड्न नसक्दा १–० को नमिठो हार खाँदै सेमिफाइनलबाटै घर फर्किएको थियो । रक्षापंती जस्तै गोल किपिङ पनि झरनाको राम्रो देखिन्छ ।

Image may contain: one or more people, people playing sport, child, grass, outdoor and natureयसअघिका प्रर्दशनको विश्लेषण गर्ने हो भने तुलनात्मक रुपमा झरनाभन्दा बाणगंगा राम्रो टिमको रुपमा देखिन्छ । बाणगंगाको रक्षापंती, मिडफिल्ड र स्ट्राइकरहरुमा तीव्र गति रहेका कारण त्यसलाई छिचोलेर बललाई जाली चुमाउन झरनालाई निकै कठिन हुने देखिन्छ ।
सेमिफाइनलमा राष्ट्रिय खेलाडीले भरिपूर्ण बलियो प्रतिद्धन्द्धी सिद्धार्थ एफसीलाई पराजित गर्ने क्रममा २ गोल गरेका जर्सी नम्बर ७ का अजित गुरुङ र विदेशी खेलाडी क्रिष्टिन र तीव्र गतिका खेलाडी जर्सी नम्बर ११ का विश्वास श्रेष्ठलाई रोक्न झरनालाई सकस हुने छ । बाणगंगा फाइनलमा आउँदासम्म जम्मा ७ गोल गरेको छ भने झरनाले ३ गोल गर्न सफल भएको छ ।

Image may contain: 1 person, playing a sport and outdoor
दुवैतर्फ उत्कृष्ट खेलाडी रहेका कारण उपाधि भिडन्त निकै रोचक हुने अनुमान खेलप्रेमीहरुले गरेका छन् । बुधबार ठिक दिउँसो ४ बजे खेल सुरु हुने भएकाले समयमै मैदानमा हाजिर हुन आयोजक तरुण दल क्षेत्र नं. १ का अध्यक्ष तिलक थापाले सबै खेलप्रेमीहरुलाई आग्रह गर्नुभएको छ । फाइनलमा अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा प्रमुख अतिथिको रुपमा रहनुहुने थापाले जानकारी दिनुभयो ।
प्रतियोगीताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने विधागत तर्फ उत्कृष्ट खेलाडीलाई नगद ५ हजारद्धारा सम्मान गरिने तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले जानकारी दिनुभयो ।

Image may contain: 1 person, standing, child and outdoor

प्रकाशित मिति : २५ बैशाख २०७६ बुधबार ००:००  ६ : २८ बजे