एजेन्सी ।
इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १ सय ३२ रनको लक्ष्य दिएको छ । घरेलु मैदानमा भइरहेको पहिलो क्वालिफायर्स खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३१ रन बनाउन सफल भयो ।
चेन्नईका लागि अम्बाइती रायडुले सर्वा्धिक ४२ रनको योगदान गरे । ३७ बल खेलेका उनले नट आउट रहँदै ४ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाएका हुन । त्यस्तै कप्तान महेन्द सिंह धोनीले ३७ रन बनाउँदा मुर्ली विजयले २६ रनको योगदान गरे ।
बलिङतर्फ मुम्बईका राहुल चाहारले सर्वा्धिक दुई विकेट लिए । त्यस्तै कुर्नाल पाण्डे र जयन्त यादवले समान एक एक विकेट लिए । शीर्ष स्थानमा रहँदै लिग चरण अन्त्य गरेको मुम्बई र चेन्नई पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरि रहेका छन। दुबै टोलीबीचको विजेता टोलीले फाइनल खेल्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।
प्रतिक्रिया