दाङ ।
सुख्खा मौसम सुरू भएसँगै दाङमा आगलागीका घटनामा वृद्धि भएको छ । दुई दिनमा दाङमा चार घरमा आगो लाग्दा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
आवश्यक सावधानी नपनाउनु र आगोलागी भइसकेपछि आगो निभाउने दमकल समयमै उपलब्ध नहुनु जस्ता कारणले बढी क्षति हुने गरेको छ ।
गएराति दाङको टरिगाउँ एयरपोर्ट नजिकैको एउटा काठ मिलमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । दाङका १० स्थानीय तह मध्य हालसम्म तुलसीपुर र घोराही उपमहानगरपालिका र लमही नगरसँगमात्रै दमलक उपलब्ध छ ।
दाङको शान्तिनगर गाउँपालिकामा सोमबार दिउँसो एकै परवारको तीन घरमा आगलागी भएको छ । आजभोलिको सुख्खा र हावाहुरी चल्ने मौसममा आगो पूर्ण रूपमा ननिभाउँदा मानवीय त्रुटिका कारण तीन घर जलेर नष्ट भएका छन् । सहर बजारमै भएका आगलागीका घटनामा समयमै दमकल पुग्न सक्दैन भने गाउँघरमा हुने आगोलागीका घटनामा त झनै दमकल पुग्ने सम्भावना एकदम न्यून छ।
यस्ता घटनापछि भने जनप्रतिनिधिले जनताको जिउधनको सुरक्षा गर्न चासो पटक्कै दिएनन् बरु उनीहरूले आफ्नो लागि महँगा गाडी खरिदमात्रै गरेको भन्दै व्यापक आलोचना बढेको छ ।
२४ बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया