नेपालगन्ज ।
लुम्बिनी भ्रमण वर्षको प्रचार–प्रसारलाई तीव्रता दिइएको छ । ५ नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष उद्घाटन अगावै प्रचारलाई तीव्र बनाएको हो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । लुम्बिनीबाट विश्व शान्तिको सन्देश फैलाउने तथा आन्तरिक पर्यटकको संख्या बढाउने उद्देश्य सहित भ्रमण वर्ष घोषणा गरिएको हो । भ्रमण वर्षको जेठ ४ गते बुद्ध पूर्णिमाको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट औपचारिक उद्घाटन हुँदैछ ।
भ्रमण वर्षको प्रचार प्रसारका लागि आज बाँकेको नेपालगन्जमा पत्रकार भेटघाट तथा अन्तर्क्िरया गरिएको छ । कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले लुम्बिनी भ्रमण भन्दैमा अरु क्षेत्रलाई नछोडिएको बताउनुभयो ।
पर्यटकीय क्षेत्रको प्रचार गर्ने शैलीको कमी रहेको भन्दै त्यस्तो प्रवृतिलाई परिवर्तन गर्दै पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्य भ्रमण वर्षको रहेको बताउनुभयो । काठमाडौंमा आउने पर्यटक पोखरा र सौराहामात्रै नभई लुम्बिनी सहित प्रदेश ५ हुँदै सुदूरपश्चिमसम्म पनि पुराउने लक्ष्य राखिएको उहाले बताउनुभयो ।
प्रतिक्रिया