११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

च्याम्पियन्स लिग, लिभरपुल र बार्सिलोना मैदानमा, मेस्सीलाई इतिहास रच्ने मौका



लन्डन ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत स्पेनिस क्लब बार्सिलोना र इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबीच दोस्रो लेग मंगलबार हुँदै छ। लिभरपुलको मैदानमा हुने यो खेल अघि बार्सिलोनाको मनोबल उच्च छ।

पहिलो लेग ३-० गोलले जितेका कारण बार्सिलोनालाई फाइनल पुग्न सक्ने सम्भावना बलियो भएको टोलीका रुपमा हेरिएको छ। यो सिजन घरेलु लिगको उपाधि होडमा रहेको लिभरपुललाई बार्साले सजिलो प्रतिद्धन्द्धी मान्ने छैन। लिभरपुल च्याम्पियन्स लिगको साविक उपविजेता टोली समेत हो।

युरोपियन च्याम्पियन्स लिगसहित युरोपका ठुला क्लब प्रतियोगितामा धेरैपटक असम्भव भनिएका घटनाहरु दोहोरिएका छन्। अर्थात पहिलो लेगमा फराकिलो अन्तरले पराजित भएपनि दोस्रो लेगमा शानदार पुनरागमन गर्दै ती टोली अघिल्लो चरण पुगेको इतिहाँस छ। तीमध्ये केहीबारे उल्लेख गरिएको छ।

१‍‍- चेल्सी नापोली ९५-४, प्रिक्वाटरफाइनल, युरोपियन च्याम्पियन्स लिग, २०१२
सन् २०१२ को युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वाटरफाइनलमा चेल्सी र नापोलीबीच प्रतिस्पर्धा भएको थियो। नापोलीको मैदानमा भएको पहिलो लेगमा चेल्सी ३-१ गोलले पराजित भयो। तर घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सी ४-१ गोलले विजयी भयो र समग्रमा ५-४ गोलको नतिजामा क्वाटरफाइनल पुग्यो। त्यस सिजन चेल्सीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

२- डीपोर्टिभो ला कोरुना (एसि मिलान ९५-४,क्वाटरफाइनल,युरोपियन च्याम्पियन्स लिग,२००४०
सन् २००४ को युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालीका दुई क्लब डीपोर्टिभो ला कोरुना र एसि मिलानबीच प्रतिस्पर्धा भएको थियो। एसि मिलानको मैदानमा भएको पहिलो लेगमा ला कोरुना ४-१ गोलले पराजित भयो। तर घरेलु मैदानमा उसले ४-० गोलको जित नतिजा निकाल्दै समग्रमा ५-४ गोलको अग्रतासहित सेमिफाइनलमा स्थान बनाएको थियो ।

३ – बायर लेभरकुसेन ( स्पान्योल ९३-३,युईएफए कप, १९८८०
सन् १९८८ को युईएफए कपअन्तर्गत बायर लेभरकुसेन र स्पान्योलबीच भएको पहिलो लेगमा स्पान्योल ३-० गोलले विजयी भयो। घरेलु मैदानमा प्राप्त उक्त नतिजापछि स्पान्योल अगाडि बढ्न सक्ने अनुमान गरिएको थियो। दोस्रो लेगको ५७ औँ मिनेटसम्म लेभरकुसेनले गोल गर्न सकेको थिएन । तर त्यसपछि गोल गर्दै निर्धारित समयमै ३-० गोलले अगाडि रह्यो र समग्रमा नतिजा ३-३ गोलको बराबरी भयो । टाइ ब्रेकरमा लेभरकुसेनले स्पान्योललाई निराश बनायो ।

४- रियल म्याड्रिड – बोरुस्सिया मोन्चेनग्लाडब्याच ९५-५,युईएफए कप, १९८५०
सन् १९८५ को यूईएफए कपको तेस्रो चरणमा स्पेनिस क्लब रियल म्याड्रिडको प्रतिद्धन्द्धी थियो जर्मन क्लब बोरुस्सिया मोन्चेनग्लाडब्याच। पहिलो लेगमा मोन्चेनग्लाडब्याचले घरेलु मैदानमा रियललाई ५,१ गोलले हरायो । तर दोस्रो लेगमा रियल ४-० गोलले विजयी हुँदै अवे गोलका आधारमा चौथो चरणमा पुग्यो । त्यो सिजन रियल म्याड्रिडले यूईएफए कप जितेको थियो ।

सन् २००५ को युरोपियन च्याम्पियन्स लिग फाइनल पनि रोमान्चक रहेको थियो। पहिलो हाफमै एसि मिलानले लिभरपुलविरुद्ध ३-० गोलको अग्रता लिएपनि मध्यान्तर पछि इङ्लिस प्रिमियर लिग क्लब खेलमा फर्कियो र टाइब्रेकरमा खेल जितेर विजेता बन्न सफल भयो । सन् १९९९ को युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड र युभेन्ट्स भिड्दै थिए । पहिलो लेग १-१ गोलको बराबरी भएका कारण दोस्रो लेगमा जित हात पार्न दुवै टोली संघर्षरत थिए । युभेन्ट्सको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीले सुरुको ११ मिनेटमा २-० गोलको अग्रता लिएको थियो । तर त्यसपछि म्यान युनाइटेडले लगातार तीन गोल गर्‍यो र खेल ३२ गोलले जित्यो ।

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  ६ : ५४ बजे