११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रधानमन्त्रीको अभिव्‍यक्ति पछि संसद अवरुद्ध, अर्को बैठक वैशाख २७ गते



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीत तथा कार्यक्रममाथि उठेका प्रश्‍नहरुलाई निमसरा र कुण्ठाग्रस्त भनेपछि आक्रोसित प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ।

यद्यपि, प्रधानमन्त्री ओलीले अवरुद्धकै बीच जवाफ दिएर आफ्नो काम टुग्याएका छन्।

नीति था कार्यक्रममाथि उपयुक्त ढंगले प्रश्‍न समेत गर्न नपाएको र प्रधानमन्त्रीले आपत्तिजनक अभिव्‍यक्ति दिएको भन्दै संसद अवरोध जारी राखेको छ। अहिले संससदमा परतिपक्षको नारावाजी र होल्लाबची तनावको स्थिति छ।

जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु’ भनेपछि विपक्षी दलका सांसदहरुले आफ्नो ठाउँबाट उठेर संसद अवरोध गरिरहेका छन्। प्रतिनिधिसभाको अर्को बैठक बैशाख २७ गते बिहान ११ बजे बस्‍नेगरी स्थगित गरिएको छ।

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  ४ : ५६ बजे