११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर प्रचार गर्ने प्रअ पक्राउ



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गर्ने एकजना प्रध्यानाध्यापक सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०७६ मंगलबार ००:००  १२ : ४७ बजे