११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सिद्धार्थको पोस्ट्मा वेलफेयरको तीन गोल ! उपाधिका लागि झरना प्रतिद्धन्द्धि



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा जारी स्मृती कपिको फाइनलमा वाणगंगा वेलफेयर र झरना स्पोट्स भिड्ने भएका छन् । बुद्ध रंगशालामा सोमबार अपराह्न भएको दोस्रो सेमिफाइनलमा वाणगंगा वेलफेयरले सिद्धार्थ एफसी रुपन्देहीलाई ३–० गोलले पराजित गर्दै झरना संगको उपाधि भिडन्त पक्का गरेको हो ।
खेलको पहिलो हाफको २९ औं मिनेटमा विदेशी खेलाडी क्रिष्टिनको गोलबाट वाणगंगाले खाता खोलेको थियो । प्रतियोगीतामा दर्शकको आकर्षण बनेका जर्सी नं. ८ का खेलाडी क्रिष्टिनले काउन्टर अट्याकमा सिद्धार्थका गोल किपरलाई बिट गराउदै बललाई जाली चुमाउन सफल भएका थिए । त्यस पछि सिद्धार्थले धेरै समय बल आफ्नो नियन्त्रणमा लिए पनि गोल गर्न नसके पछि पहिलो १–० ले वाणगंगाको पक्षमा गयो ।
१० मिनेटको विश्राम पछि सुरु भएको दोस्रो हाफमा भने वाणगंगाले थप २ गोल गर्न सफल भयो । चार मिनेटको अन्तरालमा वाणगंगाका जर्सी नं. ७ का खेलाडी अजित गुरुङले एक्लै दुई गोल गर्न सफल भए ।
प्रतियोगीतामा म्याद अफ दि म्याच बनेका उनले ३१ औं मिनेटमा फ्रि किक मार्फत आकर्षक गोल गरे । गोल पोस्ट् भन्दा करिब २५ यार्ड टाढाबाट गोल पोस्ट्को दायाँ कुनामा प्रहार गरेको बललाई सिद्धार्थका गोल किपरले नियन्त्रण गर्ने कुनै मौका पाएनन् । बलले सिधै जाली चुम्यो ।
२–० ले पछि परेको अवस्थामा सिद्धार्थको पोस्ट्मा गुरुङले पुनः एक गोल गर्दै जित सुनिश्चित गरे । विदेशी खेलाडी क्रिष्टिनाको आकर्षक पासमा उनले गोल गर्न सफल भएका थिए । खेलको अन्तिम तिर सिद्धार्थले आक्रमक खेल खेले पनि गोल गर्न सकेन । उसले गरेको केही प्रहार खेर गए । त्यसपछि दुवै तर्फबाट कुनै गोल नभए पछि वाणगंगाले तीन शुन्यको स्पष्ट जित निकाल्दै रुपन्देहीको झरना स्पोट्स कुञ्जलापुर संग भिडन्त पक्का गर्यो । सिद्धार्थले नेपाल प्रहरीका हेम गुरुङ, मान बहादुर थापा लगायतका ७ जना खेलाडीलाई मैदानमा उतारे पनि निरास हुँदै घर फर्केको छ ।
अब वाणगंगाले उपाधिको लागि २५ गते बुधबार झरना स्पोट्स संग प्रतिस्पर्धा गर्ने छ । झरनाले नवलपरासीको भैरव एफसीलाई पराजित गर्दै आइतबार नै फाइनमा स्थान सुरक्षित गरि सकेको छ । फाइनल खेल बुधबार दिउँसो ४ बजे सुरु हुने आयोजक तरुण दल क्षेत्र नं. १ का अध्यक्ष तिलक थापाले जानकारी दिनुभयो । फाइनलमा अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतको उपस्थिती रहने आयोजकले जनाएको छ ।
प्रतियोगीताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने विधागत तर्फ उत्कृष्ट खेलाडीलाई नगद ५ हजारद्धारा सम्मान गरिने तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले जानकारी दिनुभयो । तरुण नेताहरु स्वर्गीय मुक्ति, राजेश, राजेन्द्र र ओमप्रकाशले नेपाली राजनीति र युवाहरुको विकासमा खेलेको भूमिकालाई स्मरण गर्दै प्रतियोगीता आयोजना गरिएको जिल्ला अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  ८ : १३ बजे